शुक्रबार, ४ बैशाख, २०८३

दैलेखमा अचेत बिरामीको आक्रमणमा परि तीन जना गम्भीर घाइते

आठबिस नगरपालिका वडा नं. ६ सद्दुमा उपचारकै क्रममा एक अकल्पनीय तथा गम्भीर घटना घटेको छ। स्थानीय स्रोतका अनुसार घरमै बिरामीको उपचार भइरहेका बेला अचानक अवस्था तनावग्रस्त बनेको हो।

अचेत अवस्थामा रहेका बिरामीले एक्कासी धारिलो औजार प्रयोग गरेपछि त्यहाँ उपस्थित व्यक्तिहरू आक्रान्त भएका थिए। उक्त घटनामा परेर टिकानाथ योगी, लोकेन्द्र नाथ योगी र नम नाथ योगी गम्भीर घाइते भएका छन्।

घाइतेहरूलाई तत्काल प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत पठाइएको आठबीस नगरपालिकाका मेयर तर्क बढुवालले बताए। उनका अनुसार उनीहरूको अवस्था गम्भीर रहेको जनाइएको छ।

घटनापछि स्थानीय क्षेत्रमा त्रास र चिन्ता फैलिएको छ। सम्बन्धित निकायले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको र बिरामीलाई नियन्त्रणमा लिइएको जनाएको छ।

घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै स्थानीयवासीले बिरामीको पनि चाँडो स्वास्थ्य सुधार होस् भन्ने कामना गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार