शुक्रबार, ४ बैशाख, २०८३

चर्चित कवि बैरागी बाबुको नयाँ कृति जाग्राम जुम्ला डायरी आउँदै

जुम्लाका सर्जक तथा कवि यामराज कार्की ‘बैरागी बाबु’को नयाँ कृति ‘जाग्राम जुम्ला डायरी’ चाँडै बजारमा आउने भएको छ। कर्णालीको माटो, समाज र जनजीवनका विविध अनुभूतिलाई शब्दमार्फत अभिव्यक्त गर्दै आउनुभएका बैरागी बाबुले यसपटक पनि पाठकमाझ नयाँ स्वादको कविता संग्रह ल्याउन लागेका हुन।

यसअघि उनका “रेडियो बैरागी” र “बैरागी बाबुका कविताहरू” जस्ता कृतिहरूले साहित्यप्रेमीहरूबाट राम्रो प्रतिक्रिया पाइसकेका छन्। ती कृतिहरूमा जस्तै नयाँ संग्रहमा पनि स्थानीय जीवनशैली, संघर्ष, प्रेम, पीडा र आशाका कथाहरूलाई गहिरो संवेदनासहित प्रस्तुत गरिएको उनको भनाई छ।

“जाग्राम जुम्ला डायरी” विशेषगरी जुम्ला र समग्र कर्णालीको वास्तविकता, त्यहाँको सांस्कृतिक सुगन्ध र जनताको भावनालाई उजागर गर्ने उद्देश्यले तयार पारिएको जनाइएको छ। उनका अनुसार यस कृतिमा व्यक्तिगत अनुभूति मात्र होइन, समाजको सामूहिक चेतनालाई समेत समेट्ने प्रयास गरिएको छ।

साहित्यप्रेमीहरूका लागि प्रतिक्षित बनेको यो कृति छिट्टै औपचारिक रूपमा सार्वजनिक गरिने तयारी भइरहेको छ। नयाँ संग्रहले नेपाली साहित्यमा थप एक महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार