जुम्लाको तिला गाउँपालिका–५ स्थित खोलीगाउँको बिराली ढुस्कामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
कुडारी बजारबाट डुंग्री गाउँतर्फ जाँदै गरेको भे २ त १७७२ नम्बरको ट्याक्टर उकालो चढ्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा परी तिला गाउँपालिका–५ का ५१ वर्षीय तिल रावत गम्भीर घाइते भएका थिए।
घाइते रावतलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
















