मंगलवार, २६ फाल्गुन, २०८२

ज्ञानेन्द्र शाहीलाई विजयको हार्दिक बधाई सहित शुभकामना !

प्रिय ज्ञानेन्द्र जी

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं जुम्ला जिल्लाबाट राप्रपाका उम्मेदवार बन्नु भएका ज्ञानेन्द्र शाही तपाईं यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा प्रत्यक्ष तर्फको प्रतिनिधि सभा सदस्यमा जुम्लाबाट विजय हुनुभएको छ । जुम्लाको मात्रै होइन साविक कर्णाली अञ्चलकै बाघका रुपमा सबै सामु चिनिनु भएका तपाईंलाई धेरै धेरै बधाई तथा शुभकामना !

संसद भवनमा जुम्ला जिल्लाका जल्दाबल्दा समस्या र समाधानका उपाय सहित राष्ट्रिय राजनीतिका महत्वपुर्ण सवाल राख्दै नेपाल र नेपाली जनताको सर्वोपरी हित र उन्नति हुने अभियानमा सदैव लागि रहनुहोला । यी मेरा भोटर हुन् र यी मेरा र हाम्रा भोटर हैनन् भनेर छुट्याउने काम कदापि कसैलाई नगर्नु होला । सबैलाई सबैठाउँँमा सबै क्षेत्रमा सन्तुलनमा राख्नेगरी व्यवहार गर्नुहोला भन्दै नेता भनेको ज्ञानेन्द्र शाही जस्तो हुनुपर्छ भन्ने छवि बनाउँदै सदैव उदाहरणीय बन्नुहोला ।

यो जित तपाईंको मात्र नभई सम्पुर्ण जुम्लावासीको विजय हो। तपाईंको विजयको तात्तातो घोषणा सुन्नका निम्ति पर्खेर बसि- रहेका सम्पुर्ण नेपाली जनताको विजय हो । अरु नेताले केवल आफ्नो जिल्ला र भेगका मात्र आवाज उठाउँने गर्दथे । तपाईंले पुरै देशका राष्ट्रिय समस्याका सवालहरू उठाउने गर्नु हुन्थ्यो ।

मुलुक भ्रष्टाचारले चुर्लुम्म डुबिरहेको बेला अरु चुप लागेर बसे। तपाईं भ्रष्टाचार बिरुद्व एक्लो आवाज सँधै उठाईरहनु भयो । सुशासनका पक्षमा आवाज उठाईरहनु भयो । शान्ति सुरक्षाका बारेमा आवाज उठाईरहनु भयो। अनेक थरी जघन्य र गम्भीर अपराध एवं कसूरका कसूरदारलाई हुने सजायका बारेमा बोलिरहनु भयो ।

न्यायपालिकामा सँधै राजनैनिक आश्थाका आधारमा न्यायाधीश नियूक्त गर्ने बेथिति र प्रणालीको व्यवस्था बारे लगातार आवाज उठाईरहनु भयो । अझै सशक्त आवाज उठाएर वेथितिमा न्यायाधीश नियूक्त गर्ने प्रचलनको अन्त्य भएको छैन । विभिन्न भ्रष्टाचारका काण्डै काण्डका बिरुद्वमा आवाज उठाईरहनु भयो । अझै उठाउनै पर्नेछ ।

सिकिस्त बिरामी भएर छट्पटिएका बिरामी र बिरामीका आफन्तलाई उपचारका लागि देखाउनु भएको योगदान, बन्दै गरेको नाग्म पुल नक्कली देखिएपछि ठेकेदारलाई भनेर फेरि बनाउन लगाउनुभयो, पिच गरेका भनिएका कथित सडकको दुर्दशालाई सार्वजनिक रुपमा जनतालाई देखाई दिनु भयो । अरुपनि थुप्रै महत्त्वपूर्ण काम गर्नु भएको छ।

जुम्लामा उत्पादन भएका स्याउ, जरिबुटी देखि चोतो, फापर, सिमीमार्सी चामल ढटेलोलाई उत्पादन मात्रै नभई बिक्रिका लागि आफूले सक्ने जति पहलको व्यवस्थापन गर्नुभयो । यीनै कामको उच्च मूल्यांकन गरेर जुम्ली जनताहरूले फेरि तपाईलाई जिम्मेवारी सहित बिजयी बनाएका छन् । यो बिजयसँगै तपाईं ज्ञानेन्द्र शाही जुम्ली जनता र केवल राप्रपाका मात्र भरोषा योग्य पात्र बन्नु भएको छैन पुरै देशभरीका जनताको एक आश र भरलाग्दो नेता बन्नु भएको छ ।

तपाईंको विजयको उद्घोषको पर्खाइमा रहेका हरेक स्वदेश तथा विदेशमाबस्ने नेपाली नागरिकका निम्ति आशा र बिश्वासको दियो बालीदिनु भएको छ, यो दियोलाई जहिलेपनि बल्न दिईरहनु होला निभ्न नदिनु होला । अब तपाईंको काँधमा पार्टी मात्रै होइन पुरै देशले आजबाट फेरि थप ठूलो भरोषा राखेको छ ।

सम्भवतः पार्टी नेतृत्वको जिम्मा आउन सक्छ तपाईंलाई घरीघरी राउटे भनिरहनेलाई फेरि गतिलो सवक सिकाईरहनु भएको छ ।

अब राउटे भन्नेलाई पुरै जनताले जवाफ दिई सके, तपाईंको तर्फबाट । अन्त्यमा काँधमा जिम्मेवारी, व्यवहारमा समझदारी र मन मस्तिष्कमा ईमानदारी राख्दै चातुर्यपूर्ण तरिकाबाट सफलता हासिल गर्नुहोला भन्ने शुभकामना व्यक्त गर्दछु ।

उहीँ प्यारो दाइ “प्रशान्त”२०८२/११/२३

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार