बिहीबार, २९ माघ, २०८२

धेरै माया गर्छु भन्छ्यौ  तिम्रो माया नाप्न मन छ
मेरोलागि केके गर्छ्यौ तिम्रो दिल जाँच्न मन छ।

वल्लो डाली पल्लो डाली  दुबै डाली नसमाउ है
तिमि सितै जुगौँ जुग माया प्रिति साँच्न मन छ।

तिमी बिना मेरो को छ भन्नलाई भन्छ्यौ तिमि
मेरो माया छ कि छैन तिम्रो  मुटु छाम्न मन छ ।

तिम्रो रुप  हेरी  हेरी  कति  सम्म  बाँच्ने  होला
पुर्णीमाको  जुनेलीमा  तिमिलाई  तान्न मन छ ।

चरी सरी  भुर्र भुर्र   उडी उडी   दुःख  दिन्छ्यौ
यो  दिलमा  तिमीलाई  घरीघरी  बाँध्न मन छ ।

जहाँजहाँ जान्छ्यौतिमी डुलिरन्छन् यिनीआँखा
तिम्रै  वरिपरि  बसी   सँधैभरी  बाँच्न   मन  छ ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार