बुधबार, २८ माघ, २०८२

सुर्खेतमा लागूऔषध ब्राउनसुगरसहित चार जना पक्राउ

सुर्खेत प्रहरीले जिल्लाका छुट्टाछुट्टै स्थानबाट झण्डै १४ ग्राम प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरीले वीरेन्द्रनगरका दुई छुट्टै स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आज बिहान करिब १०:३० बजे वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ मा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। उक्त स्थानमा शंकास्पद अवस्थामा भेटिएका वीरेन्द्रनगर १ बस्ने २० वर्षीय शौरभ सुनार र दैलेखको दुल्लु नगरपालिका-१३ का १९ वर्षीय नरेन्द्र तिरुवाको शरीर खानतलासी गर्दा ८ ग्राम १८० मिलिग्राम शुद्ध ब्राउनसुगर फेला परेको हो।

यस्तै, हिजो माघ २५ गते दिउँसो वीरेन्द्रनगर १० बाट पनि दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले वीरेन्द्रनगर १० बस्ने २८ वर्षीय दिपक वि.क र २५ वर्षीय अशोक वि.कलाई उनीहरूकै कोठाबाट नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट ५ ग्राम ४२० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले बताएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार