मंगलवार, १५ बैशाख, २०८३

जुम्लामा निर्वाचन प्रहरीको लागि १८१८ जनाको आवेदन

जुम्लामा निर्वाचन प्रहरीको लागि १८१८ जनाले आवेदन दिएका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लामा निर्वाचन प्रहरीको आवेदन माग संख्या भन्दा झण्डै दोब्बर संख्याले आवेदन दिएका हुन्।

जुम्लामा निर्वाचन प्रहरी लागि महिला तर्फबाट ६५८ जनाको आवेदन दिएका छन् भने पुरुष तर्फबाट ११६० जनाले आवेदन दिएका हुन्।

त्यस्तै निर्वाचन सशस्त्र बल प्रहरीको लागि महिला तर्फबाट ३० र पुरुष तर्फबाट ४६ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका लोकेन्द्र अधिकारीले जानकारी दिए।

जुम्ला जिल्लाको लागि निर्वाचन प्रहरीको माग संख्या ८७८ र निर्वाचन सशस्त्र प्रहरी बलको निम्ति ९६ जना रहेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार