सोमबार, २८ पुष, २०८२

भक्तपुरमा सरकारी सम्पत्ति कब्जा, भोट नदिनेको नागरिकता रोक्का !

भक्तपुर ऐतिहासिक शहर भएपनि खासै विकास भएको छैन । जति विकास भएको छ, सबै २०४६ सालअघि हो । यहाँ मठमन्दिर बनाउने २०४६ सालअघिको सरकारले हो । भक्तपुर नगरपालिका २००६ सालमा घोषणा भएको हो । यहाँ स्कुल, अस्पताल बनाउने पनि पञ्चायतकालकै सरकार हो ।

२०४६ चैत २४ गते मुलुकमा पञ्चायती व्यवस्था ढलेर बहुदलीय व्यवस्था आयो । बहुदलीय व्यवस्था आएपछि बनेको सरकारले २०४७ सालमा संविधान बनायो । २०४८ सालमा मुलुकमा निर्वाचन भयो । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निरन्तर नेपाल मजदूर किसान पार्टीले निर्वाचन जितिरहेको छ ।

पार्टी अध्यक्ष नारायणमान बिजुक्छेंले २०४८, २०५१, २०५६, २०६४ र २०७० मा निर्वाचन जिते । २०७४ र २०७९ को निर्वाचनमा उनकै पार्टीका प्रेम सुवाल निर्वाचित भए । २०४८ र २०५१ मा नेमकिपाले जुम्ला, कालिकोटबाट पनि निर्वाचन जितेको थियो । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा पनि नेमकिपा नै विजयी हुन्थ्यो ।

अन्य जिल्लामा पनि नेमकिपाले राम्रै नतिजा ल्याउँथ्यो । रोचक प्रसंग के भने, नेमकिपाका सांसदले कुनैपनि राजनीतिक दलको नेतालाई प्रधानमन्त्रीमा समर्थन गरेन । संसद्मा विधेयक आउँदा नेमकिपा सँधै विपक्षीमा उभिन्थ्यो । २०४८ देखि हालसम्म यही प्रवृत्ति दोहोरिरहेको छ ।

बिजुक्छेंकै बाटोमा सुवाल हिँडेका छन् । सदनमा नेमकिपाको एउटा मात्र सिट थियो । नेमकिपाका सांसद सुवाल पनि सँधै विपक्षमै उभिन्थें । नेमकिपा अहिलेसम्म सरकारमा गएको छैन । भक्तपुर उपत्यकाभित्रको एउटा जिल्ला हो । भक्तपुरका स्थानीय अहिले पनि राम्ररी नेपाली भाषा बोल्न जान्दैनन् ।

भक्तपुर ऐतिहासिक शहर भएपनि खासै विकास भएको छैन । जति विकास भएको छ, सबै २०४६ सालअघि हो । यहाँ मठमन्दिर बनाउने २०४६ सालअघिको सरकारले हो । भक्तपुर नगरपालिका २००६ सालमा घोषणा भएको हो । यहाँ स्कुल, अस्पताल बनाउने पनि पञ्चायतकालकै सरकार हो ।

नगरकोट पर्यटकीय क्षेत्र घोषणा गर्ने तत्कालीन प्रधानमन्त्री शैलेन्द्रकुमार उपाध्याय हुन् । भक्तपुरबासीको प्रमुख पेशा कृषि हो । तर, अहिले यहाँ पनि खेत देखिन छोडिसकेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणबाट स्वीकृति नै नलिईकन खेतीयोग्य जमिन प्लानिङ गरिएको छ ।

खेतीयोग्य जमिनमा धमाधम ईँट्टाभट्टा राख्न दिइएको छ । भक्तपुरमा लाखौं रोपनी राजपरिवार, हदबन्दीभन्दा बढी, ऐलानी, गुठी, सरकारी, सार्वजनिक जग्गा थियो । यी सबै व्यक्तिको नाममा गइसकेको छ । यहाँ भएको ढुंगेधारा, तालपोखरी, आल, कुवा, मठमन्दिरको जग्गा मासिसकेको छ ।

सम्पदा माँसेर घर बनाउने काम भएको छ । आर्यघाटको जमिन कब्जा गरेर कतिपयले घर ठड्याएका छन् । एउटा जल्दोबल्दो उदाहरण बिकुलाल खिँउजु हुन् । सल्लाघारी चौरअगाडि तीन वटा ढुंगेधारा पुरेर उनले ठूलो घर बनाएको स्थानीय बताउँछन् । सल्लाघारीको आर्मी ब्यारेक दायाँबायाँ, सिर्जनानगर, चंगा गणेश, हनुमन्ते खोला वरपरको लाखौं रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गएको छ ।

सल्लाघारी चौरको खाली जग्गा अहिले नेपाल ट्रष्टको नाममा छ । त्यो जग्गा पहिले राजाको थियो । देशबाट राजतन्त्र हटिसकेपछि त्यो ट्रष्टको नाममा गएको छ । राजपरिवारले २०२४ सालमा प्रतिरोपनी एक हजार रुपैयाँमा १०८ रोपनी दुई आना एक दाम जग्गा खरिद गरेको थियो ।
त्यसमध्ये अधिकांश जग्गामा ठूल्ठूला घर बनेका छन् । अहिले बढीमा ६० देखि ६५ रोपनी जग्गा बाँकी छ । बाँकी भएको जमिन नगरपालिकाले संरक्षणको नाममा पर्खालले घेरेर राखेको छ । स्थानीयका अनुसार राजपरिवारको जग्गा कब्जा गर्ने नेमकिपाका कार्यकर्ता हुन् । भक्तपुरमा कुनैपनि व्यवसायको दर्ता छैन ।

दर्ता नगरिकनै व्यवसाय सञ्चालन गरिरहेको अवस्था छ । नगरपालिकाले नेमकिपाका कार्यकर्ताबाट बत्ती र पानीको पैसा लिँदैन । एक आना जग्गामा बनेको घरलाई समेत नगरपालिकाले सम्पूर्णताको प्रमाणपत्र दिन्छ । ठेक्कापट्टा पनि आफ्नै कार्यकर्तालाई दिइन्छ । आफ्नो कार्यकर्ताबाट फोहोरको पैसा पनि लिइँदैन ।

पुराना घरहरुलाई पनि सम्पूर्णताको प्रमाणपत्र दिएको अवस्था छ । नगरपालिकामा कार्यरत सबै कर्मचारी नेमकिपाका कार्यकर्ता हुन् । सडक बोढार्नेदेखि करारका कर्मचारी आफ्नो कार्यकर्ता भर्ती गरिएको छ । कसैले नेमकिपाको विरोधमा बोल्यो या भोट दिएन भने नागरिकताको सिफारिस समेत रोकिन्छ ।

आफैं कानुनको उल्लंघन गरिरहेका बिजुक्छें र सुवाल भ्रष्टाचारीलाई टुँडिखेलमा लगेर झुण्ड्याउनुपर्ने बताउँछन् । भ्रष्टाचारी त उनीहरु पनि हो । आफ्नो हकमा के भन्छन् ? सरकारी सम्पत्ति देख्नै नहुनेले भ्रष्टाचारविरोधी कुरा गर्न सुहाउँदैन । अर्कोतिर, नेपालमा फाँसीको कानुन पनि छैन ।

अन्य देशमा होला तर नेपालले फाँसीको कानुन बनाएको छैन । यति सामान्य कुरा थाहा हुँदाहुँदै बिजुक्छें र सुवाल फाँसीको नारा लगाइरहेका छन् । यो जनतालाई भ्रमित बनाउने काम मात्र हो । भ्रष्टाचारविरोधी कुरा गरेर उनीहरु आफू जोगिन खोजिरहेका छन् । देशभरको जनताले नेमकिपा सबैभन्दा खत्तम पार्टी हो भन्ने कुरा चिनिराख्नुपर्छ ।

उनीहरुले जनताको आँखामा पट्टी बाँधेर राज्यको सम्पत्रि लुटिरहेका छन् । अख्तियार र सम्पत्ति शुद्धिकरणले बिजुक्छें, सुवाल र भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको सम्पत्ति छानबिन गर्न ढिलाइ भइसकेको छ । सार्वजनिक सम्पत्ति खाएर यिनीहरु रजाइँ गरिरहेका छन् ।

कहाँ कहाँ यिनीहरुको लगानी छ ? खोजौं । यिनीहरुले अस्पताल, होटल, स्कुललगायतमा सम्पत्ति लगानी गरेका छन् । भक्तपुर विकास गर्ने नाममा यिनीहरुले सिद्धयाए । अहिले भक्तपुरबासीहरु विस्थापित हुँदै गएका छन् । २०४६ सालअघि ३० देखि ५० रोपनी जग्गा भएकाहरु अहिले विसथापन भइसकेका छन् ।

उनीहरुसँग अहिले एक आना पनि जग्गा छैन । ७४ जिल्लाका जनताले यहाँ जग्गा किनेका छन् । आफ्नो पार्टीको सदस्यता नलिईकन नगरपालिकाले सिफारिस दिँदैन । यो कस्तो दादागिरी हो ? लोकतन्त्रमा बसेर यिनीहरु आफूलाई राजा ठानिरहेका छन् । नेमकिपाको दादागिरीविरुद्ध कोही पनि बोल्न सक्दैन ।

काँग्रेस, एमाले, माओवादी चुइक्क पनि बोल्दैन । भक्तपुर २ का महेश बस्नेतले २०७९ सालमा बिजुक्छें र सुवालले पैसा खाएर ख्वप कलेजबाट इञ्जिनियरको नक्कली सर्टिफिकेट बेच्ने गरेको आरोप लगाएका थिए । जो व्यक्तिले जनतालाई कर नतिर भन्छ, जसलाई सरकारी सम्पत्ति देख्नै हुँदैन, त्यही व्यक्ति २०४८ सालदेखि निरन्तर चुनाव जितिरहेको छ ।

बाहिरबाट आएका जनता भन्छन्, अब नेमकिपालाई भोट दिइँदैन । कारण हो–सरकारी सम्पत्ति माँस्नु । नेमकिपाको असलियत बाहिर आउँदै छ । जनता पनि सचेत बनिरहेका छन् । ४६ सालअघिको ७० प्रतिशत जनता विस्थापित भइसकेका छन् । ३० प्रतिशत बाँकी न् । सबै बाहिरी जिल्लाका जनता हुन् ।

सरकारले २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्यो । बुवाले राप्रपालाई भोट दिएकै कारण वडा नम्बर १ का वडाध्यक्ष श्याम खत्रीले छोरीको नागरिकता सिफारिस रोकिदिए । त्यसपछि पीडित गृहमन्त्री रवि लामिछानेकहाँ पुगे । रविले सिडियोलाई निर्देशन दिएपछि अनि बल्ल नागरिकता बनेको हो ।

रविकहाँ पुग्न नसकेको भए, ती बच्चीको नागरिकता बन्दैनथ्यो । भक्तपुर क्षेत्र नम्बर १ मा वर्षौंदेखि यस्तो दादागिरी चलिरहेको छ । यस्ता व्यक्तिहरुको अनुहार सबैले चिनिराख्न जरुरी छ ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार