सोमबार, १२ माघ, २०८२

त्यही एक साथ दिने अशल साथी  सास छ
बेला बेला म छु भन्छे त्यही  भएर आश छ ।

छोडेर   गै   निर्गुनीले   भुलेर   गै   बैगुनीले
भुल्न खोज्दा नभुलिने त्यही एउटा पास छ ।

घरी   घरी   सपनीमा  आईरन्छे  सम्झाउन
अर्कोजुनी भेटिन्छेकि मनमा त्यही खास छ ।

वल्लोडाली पल्लोडाली बशन्तको हरियाली
हुने  खाने मात्र  हेर्ने जमात अनि  मास  छ ।

राम्रै हुन्छ भन्दै थिए भाग्य हेर्ने  ज्योतिषीले
कति खानु पिडै पिडा आँशुभलको गास छ ।

फिका लाग्छ किनकिन जुनपनि आजभोली
के को  गर्नु दुसमनी  उसकै   मुनी  बास  छ ।

नरेन्द्र देवकोटा “प्रशान्त”२०८२/९/१९ प्युठान

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार