सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १२ मा एक महिलामाथि बोक्सीको आरोप लगाई कुटपिट तथा यातना दिएको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
वीरेन्द्रनगर नगरपालिका १२ मा बस्दै आएकी प्रेमकला रोकायलाई बोक्सी भन्दै दुर्व्यवहार गरेको उजुरीका आधारमा सोही स्थानमा बसोबास गर्ने २१ वर्षीया बन्दना बोहरा, २० वर्षीया रिता बुढा, २१ वर्षीय जयबहादुर रोकाय र १८ वर्षीया अनिता बोहरालाई नियन्त्रणमा लिइएको छ।
पक्राउ पर्नेमा स्थायी ठेगाना जुम्लाको तिला गाउँपालिका २ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीले जानकारी दिएका छन्।
उनका अनुसार आफूमाथि अन्याय र हिंसा भएपछि पीडित प्रेमकलाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दर्ता गराएकी थिइन्।














