राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीलाई ललितपुर क्षेत्र नम्बर १ ले आउँदो प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गरेको छ।
राप्रपा क्षेत्रीय कार्यसमिति ललितपुर क्षेत्र नम्बर १ को कार्यसमितिको आजको बैठकले आगामी निर्वाचनको लागि प्रत्यक्ष तर्फ माननीय ज्ञानेन्द्र शाहीलाई ललितपुर जिल्लाबाट सिफारिस गरिएको हो।
क्षेत्र नम्बर १ को लागि प्रत्यक्षतर्फ ज्ञानेन्द्र शाही, परशुराम सिलवाल, रविन घिमिरेको नाम सिफारिस गरिएको हो। त्यस्तै समानुपातिक तर्फबाट विक्रम लामा,कौशल्या थापा,किशोर देसारको नाम सिफारिस भएको हो।














