ए ! न्याय चाहन्छौँ हामी सदैव जन हाँसेको
यीनै आँखाभरी खुसी ती सबै टम्म छल्केको
म चाहन्छु ! सँधै समान होस् न्याय यत्र तत्र
लौ समस्त लोक भरीमा फैलियोस् त्यो सवत्र ।
कपट सहन्नौ ! स्वच्छ चाहन्छौँ लोक भरीमा
गर्दैछौ स्वस्पर्श छाम्दैछौँ त्यो न्याय गर्छौ गरिमा
छन् आँखा मुटु पनि छ छातीनि अरु के कुरा
नबनोस् त्यो न्याय तिर बनी यतातिर त्यो छुरा ।
अधर्म नहोस् त्यो न्याय नचुकोस् सान रहोस्
बिश्वाृस् नघटोस् ईमान नहारोस् न्याय बाँचोस्
तिमी न्याय कर्मी जनता पनि धर्मले नहारोस्
सत्यको जितको कामना छ सदासत्य नटुटोस् ।
२०८२/८/१७ प्युठान ।














