सोमबार, २८ पुष, २०८२

कविता- कमरेड म त्यहीँ छु

कविता- कमरेड म त्यहीँ छु

कमरेड कति बदलिनु भयो तपाइँ
साच्चिकै मलाई बिर्सिनु भएको होर ?
म त यहाँ पाे छु त जहाँ तपाईँले
तेरो न्यायकोे भारी बोक्दै आउँछु भन्नु भएको थियो,
कमरेड म त्यहीँ छु
कतै गएको छैन्
साच्चिकै कमरेड तपाईँको आदेशलाई
लक्ष्मण रेखा झैँ अनुलंघित रूपमा पालना गरेको छु,
जहाँ तपाईले कतै नचलमालिएर बसी राख्नु भन्नु भएको थियो,त्यही स्थानमा स्थापित भएर भालक नाघेको छैन,

आमाका आँसु,बा-का गर्धन, जवानहरुका घाउबाट बगेका रगतको आहालमा बसेको छु,
तिमी स्वतन्त्र भए झै म छैन,
छैन- म स्वतन्त्र छैन, अझै पनि मेरा निर्दोष हत्केलाहरु न्यायको भिक माग्दै
गुप्तबासमा धर्ना बसेका छन ।
धेरै भयाे त्यो अधिकारको कुरुवा बनेर बसेको छु,
कहिले आउनुहुन्छ
त्यो समानताको डोको लिएर?
अझै पनि म गरिबीको खाडलबाट माथि
उक्लिन सकेको छैन, कहिँलेआउनुहुन्छ गरिबीकोे खाडल पुर्ने सब्बल र बेल्चा ल्याएर?

कुनै काराबासको कैदि झैं कालकोठरीकोे अन्धकारमा फसेको छु।
कहिँले आउनु हुन्छ पश्चिमबाट
सुर्य उदाउने दिनहरू ल्याएर मलाई
यो अन्धकारबाट मुक्ति दिलाउन
कुन दिनबार र तिथिमिति मिलाएर कहिँले फर्किनु हुन्छ?

यी अनेकौं,अनगिन्ती,असीमित भरोसाका साथ
म त्यहीँ बसेको छु कमरेड
म त्यहिँ बसेको छु।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार