बाबाका मनका बहार अनि तीँ सम्झिन्छु युवा पल
रातीमा निदमा संसार जित्ने सम्झिन्छु तीनी पल
दीएका अर्ति तीँ बहार अझनी सपना झैँ मान्दछु
व्यर्थैमा किन मनका रहर लौ मारेको त्यो सोच्दछुँ ।
चिन्तामा जहिले रहे पनि उनी प्रियसी खै भन्दथे
बाबा काम भन्दा बढी त दिलमा दृष्टि ठूलो ठान्दथे
सुझाएर अर्ती दिएर सपना अमीरै पो बन्दथे
चौतर्फी कृति त्यो बनाउ तिमिले जहिलै पो भन्दथे ।
आकाशै खसला बरू रहरको नगर्नु जीद्दी पनि
पैसा लौ रुखमा फल्छ नसोच नगर्नु ढीपी पनि
साना काम भन्दै बच्पन बित्दछ सिकि राख समय
भन्दथे म तिम्रै निम्ती पो गर्दैछु नगरी धेरै व्यय ।
उठ्ने त्यो छतमा बसेर काम तीँ सक्दथे बिहानमा
आफैमा बल बुद्वि दिई सपना बल राख्थे छातीमा ।
सागरै उठला जहील तिमीले हिम्मतै राखे बरु
बाबा तीँ नहुँदा बिछोड भईयो आज खुसी केमान्नु ?
नरेन्द्र देवकोटा “प्रशान्त”२०८२/७/१७ खलंगा प्यूठान















