शुक्रबार, २१ कार्तिक, २०८२

कविता – विपिन तिमी फर्केनौं

देशले झिनो आस मानेको थियो
तिमी आउछौं कि भनी
तिम्रो प्रतीक्षामा थियो यो देश
विडम्बना, तिमी यस्तो देशमा जन्मियौ
जुन देशले आफ्ना नागरिकको,
रक्षा गर्न सक्दैन
र टुलुटुलु हेरिरहन्छ
लज्जास्पद आँखाले !

विपिन तिम्रो साहस र हिम्मतको,
म के खण्डन गरुँ
तिमीले चाहेको भए
सायद, आज तिमी हामी माझ हुन्थ्यौ
आफ्नो प्रवाह गरेनौं तिमीले
त्यो आतंक हमासले तिम्रो निर्मम हत्या गर्‍यो

तिम्रो जिवित सास पाउनको निम्ति
तिम्रो आमा र बहिनीले खसालेका आँसुहरु
आज मूल्यहीन भए
जब तिमी यो संसारमा रहेनौ भन्ने खबर आयो

यो देशले त केही गर्न सकेन
तर देशका नागरिकहरु तिम्रो जिवित
सासको प्रतीक्षामा थिए
तिम्रो निम्ति प्रार्थना गरिरहेका थिए

विपिन तिमी फर्केनौ
फर्किएन तिम्रो आमाको मुहारको हाँसो
फर्किएन तिहारमा दाइ कुरिरहेकी
तिम्रो बहिनीको भाइटिका
फर्किएन तिम्रो बा-को काँध थाम्ने
बलियो खम्बा
केवल, निराशाको हुरि फर्कियो
आशा, भरोसाको कालो बादल फर्कियो

प्रिय विपिन
तिमी त कहिल्यै नफर्किने गरेर
गइसकेछौं !

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार