बिहीबार, २६ भाद्र, २०८२

कविता : माफ गर नारी !

सम्माननीय नारी माफ गर
मैले शिव र पार्वती
अहिलेसम्म भेट्न सकिनँ।
हरेक दिन मस्तिष्कमा झार उम्रेर
व्यावहारमा तुसरापात हुन्छ भने।
तिमी कुन दोभानको जल खान्छौ।
कुन शुद्ध खुट्टाको जल खान्छौ।
विज्ञानले ल्याएका शुदिकरणका विधि छोडेर।
प्रिय पतिको खुट्टामा कुन प्रविधि छ नारी?
बुझ्न सकिनँ,
माफ गर नारी!

रोग, भोग र शोकले लतारीएको ठाउँमा
विकृतिले हतारीएको ठाउँमा।
लिङ्गको तराजुले सुन र नुन जोख्ने समाजमा।
खेलौना झैं खेलिरहेछ, तिम्रो सुन्दरता
अझै तिमी शरिर पुतलि झै रंगाइरहेछौ।
सपना रंगाउनु पर्छ नारी।
अधरमा खुसि
फुलाउन मगज सिंगार्नु पर्छ।
जहाँ जिन्दगी बिसाउने चोतारी भेटियोस्।

मंहगो गहना भन्दा सस्तो पुस्तक
पनि बजारमा आएको छ।
जहाँ समाजका झुपडी भित्रका
कथाहरु पढ्न सकिन्छ कि?
कुलिन घराना शैलीमा
तिम्रो बिसाल पर्दशनी भित्र ।
एक हरफ पनि पढ्न सकिएन।
माफ गर नारी।
जहाँ लाज छोप्न कठिन भएको समाजमा।
आँखा छोप्दा पनि लाज देखिरहन्छ।

तिम्रो एक छाकको व्रतले
भोका पेटहरुको भोक मेटाउन सकिन्छ कि?
तिम्रो नाँचलाई दृष्ट नजरले जिस्काई रहन्छ।
अनि आफ्नो प्यास मेटिरहन्छ नजरले।
तिम्रो नाँचले दु:खी मनहरु रमाउन सकोस्।
सम्बन्ध र सह -अस्तित्वको जग समाउन सकोस्।
तिम्रा हातले रोएका मुल सुकाउन सकोस्।
तिमी खाली पेटमा मुर्छा पढ्दा,
विज्ञान जवाफ बिहिन हुन्छ।
अनि उपचार कसले गर्छ?
जवाफ खोज्न सकिएन।
माफ गर नारी!

तिमी आधा संसार हौ।
तिमी सुन्दर विद्या मन्दिर हौ।
हजारौं बच्पन सिंगार्न सक्छौ।
तिमी संगितकार हौ।
समाजका कथाहरुमा संगित भर्न सक्छौ।
तिमी इन्जिनियर हौ।
समाजको बलियो संरचना बनाउन सक्छौ।
तिमी समाजको दर्पण हौ।
समाजलाई सिंगारेर देखाउन सक्छौ।
तिमी आदिम ढुंगाका वक्तव्य सुनेर।
सुनौलो गन्तव्यको बाटो किन बिर्सिन्छौ।
तिम्रो मनमा चोट परेमा।
चरित्रमा खोट परेमा।
माफ गर नारी!

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार