पोहोर पनि गयो परार पनि गकै छ निरन्तर
गरिव दुखी जन हरूको काल निश्ठुर छ ईश्वर
तीन प्रहरी अरु पव्लिक् समेत अठार बेपत्तै छन्
ती अठारको कसरी आशा गर्नु मुटु जलिरहे छन् ।
कन्टेनर तिँ समेत गाढी जम्मै लियो सबै बगाई
राख्ने चाहीँ को थियो बग्नेगरी होस नै नपुर्याई
असार मास तेईस गते राती भोटे कोसी नदीमा
आएको बाढीले अठारलाई पुर्यायोकि खाडीमा।
वर्षात लागे झरी आउँछ हेर झरी लाग्नु राम्रै हो
बिनास गर्ने बाढी आउँछ तर त्यो भनेको दु:खै हो
नेपाल चीन बिचको मितेरी पुल कन्टेनर बगायो
दुःखको कुरा त्यहाँ रहेका अरू गाडी पनि बगायो ।
सम्पर्क विहीन् अठार परिवार छन् दु:खमा
बाढीमा परेका जो जति छन् जुटौँ सबै उद्धारमा
कहाली लाग्दो यस्तो विपद शत्रु लाई पनि नपरोस्
उद्धारमा खटौँ सबै जन मिली अब भोग्न नपरोस् ।
स्याफ्रुबेसीको बाढी मापन यन्त्र समेत नि बगायो
दुई सय मेगा वाट विद्युतको उत्पादनै बन्द भो
सतर्क रहुँ अब दुःखका बाढी तिँ घटना नघटुन
नागरिक सबै सजक नै रहुँ अब बिपद नआउन ।















