बुधबार, २० फाल्गुन, २०८२

यो सहरको चीत्कार

यो सहरको दुनियाँ बेग्लै छ
यहीँ सहरको दुनियाँमा बसेकाहरूको
आफ्नो छुट्टै दुनियाँ छ
आफ्नो छुट्टै रङ्ग छ
आफ्नो छुट्टै कहानी छ

जब यो सहरलाई क्यामेरामा कैद गरिन्छ
तब यो सहरको सुन्दरता, आकर्षक,
लोभलाग्दो देखिन्छ, मोहलाग्दो देखिन्छ
रङ्गीचङ्गगी फूलहरु झैं सजिएको देखिन्छ

यो सहरको अर्को नाम हो
“सपनाको सहर”
यो सपनाको सहरभित्र हराएकाहरुका
ती कैयन सपनाहरू विपनामा परिणत
भए कि भएनन् होलान्
खुब सोचिरहेछु म

सपना पूरा गर्न हरबखत संघर्ष
गरिरहनेहरूले आफ्नो पसिनाको
मूल्य पाए कि पाएनन् होला ?
फुटपाथमा मकै बेच्नेहरू
जुत्तामा पालिस लगाउनेहरू
सडकछापमा बरालिने बालबालिकाहरू,
संघर्षको उचित मूल्य नपाउनेहरूको
पर्दा पछाडि जिन्दगीको,
वास्तविक अभिनय कस्तो हुँदो ?

यो सहर जति आकर्षण देखिए पनि
त्यति नै भयानक यो सहरमा बस्नेहरूका
पीडाहरू छन्, रोदनहरू छन्
यो सहरमा मान्छेको कोलाहल खुब सुनिन्छ
तर तिनै मान्छेका सपनाको चीत्कार
कहिले सुनिदैनन् कहिले सुन्न खोजिदैनन्
रत जलिरहेछन् बारम्बार !

यो सहर एक संघर्षको मसानघाट हो
यो सहरले हरेक रात चीत्कार सहेको छ

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल