सोमबार, ९ भाद्र, २०८२

कविता : मुर्ख

न्याय हराएको देशमा न्याय खोज्ने
अन्यायले थुतेर फालेको अपाङ्ग जिब्रो,
सतिले सरापेको देशमा सतित्व खोज्ने,
उपेक्षाले ग्रस्त दिमाग,
भाँचिएर पनि गौरवको इतिहास,
लेख्न खोज्ने थकित हातहरु,

शरीरमा सास सकिँदा पनि,
समृद्धि देख्न चाहने एक जोर आखाँ,
गरिबी र बेरोजगारीले,
परिवारिक जिम्मेवारीले
कागति निचोरिए जस्तो निचोरिदा पनि
सिमा सुरक्षाको लागि पर्खाल बन्न खोज्ने
एक छाती,

दुश्मनको हातबाट देशको अस्तित्व जोगाउन
काटिएर पनि दौडिन खोज्ने खुट्टाहरू लिएर
एक सुन्दर देश बनाउने संकल्प बोकि,
सगरमाथा जस्तो आस संगालेर निदाउने
विदेश गइरहेको देशमा
सम्भावना खोज्दै,
देशभक्त‌ बन्ने..
तिमी आफै भन त
म जस्तो मुर्ख अरु को होला?

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार