फूल पनि निहुरिन्थ्यो देखेर मेरी आमा
चन्द्रमानै कति लजाउँथ्यो हेरेर मेरी आमा
सपनाहरु उज्यालिन्थे तिनकै अंगालोले
मेला पात गर्थिन् सँधै बोकेर मेरी आमा
अन्धकारमा उज्यालो बनिदिन्थिन् जसरी
कखरा मलाई सिकाउँथिन् लागेर मेरी आमा
म त सधै ऋणी भा छु ती अमृत ममताकी
शब्दले कति बयान गरौँ जपेर मेरी आमा
आँधी हुरी आओस या सुर्यको रापले पोलोस्
छाँया बनी साथ दिन्थिन् डटेर मेरी आमा
शिर झुकाई नमन गर्छु मेरो भगवानलाई
पुजा गर्छु जीवन भरी सम्झेर मेरी आमा