सोमबार, ८ पुष, २०८१

हामीले चुनाव जितायौं भात मासुसँग,
अनि छोरोले रुँदै देश छोड्यो आँसुसँग।

न विकास हुन्छ, न सुशासन आउँछ देशमा,
कहिले क्रान्ति हुन्छ, प्रश्न गर्छु जिज्ञासुसँग।

भ्रमित भाषणमा, कति पटक सिंहासन गर्छौ,
आश भरोशा छैन अब जनघाति पिपासुसँग।

युवालाई देश निकाला गरेर बुढी औंलाले देश,
नचाउँदै छन्, आफू पनि डरमै नाच्छन् नासुसँग।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार