सोमबार, ८ पुष, २०८१

कविता : आमा

सबको मन‌मा अटाएको तस्बिर एउटा सुन,
साक्षी खाखी बोल्दैछु, म तारा अनि जुन,
आज छु म तिम्रै कारण धन्य जन्मदाता,
ईश्वरले अवतार रची देवी पठाए माता
कोख भित्र आमा तिम्रो नौ महिनाको बास,
सन्तानकै लागि तिम्रो धड्‌‌कन अनि सास
अमृत चुसाई हुर्काएकी ममताकी खानी
आँसु लुकाई आमा तिम्रो खुसी दिने बानी

आमाबनी ईश्वर आयो दैव पनि तिम्ले नै जन्मायौ,
राम, बुद्ध, कृष्ण नि हेर, तिम्रै कोखमा निस्किए बसेर।

आफ्नो भन्दा पनि चिन्ता सन्तानको बेसी,
झोला भित्र हाल्छ्‌यौ सम्झि कतै खाना देखि,
इच्छा चाहा सपनालाई गन्यौ मनमा बन्दै
त्यसले गर्दा सन्तानलाई हानी गर्छ भन्दै,
हरेक कदम पाइलामा ईर्ष्या उनको एउटा,
परिवार र सन्तानलाई खुसी राख्देउ देउता
त्याग अनि बलिदानको संग्रालय हुन आमा,
सहनशीलता दर्शाउने सधै जय हुन आमा,

आमा तिम्रो मन कैले थिर हुन्छ,
जैले पनि सन्ताने‌कै पिर हुन्छ
छोरा, छोरी पढ्नलाई गाछ,
बिहान साँझ चिन्ता त्यै के खाछ

निन्द्रा, दुखमा, रुने, सुत्ने उनको न्यानो काख
वयान गर्दा उनको कविता, गीत बन्छ लाख
तिम्ले खाए मेट्ने उनको तिर्खा अनि भोक,
साथ आमा भएपछि धर्तिमै छ लोक
रातभरी नसुतेर छोडी घर धन्दा
छेउमै बसी राख्छिन् उनी सन्चो छैन भन्दा
सन्तानलाई चोट लाग्दा रुने उनको मन,
स्वार्थरहित माया यस्तो गर्छ कसले भन?

बा, आमालाई नपार पीर,
खुसी राखे घर बन्छ मन्दिर,
घरका जिउँदा भगवान पुज,
ढुंगा मात्र देवता हुन नबुझ ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार