वरी पोरीको जुम्ला नभनी
शक्तिको विशाल केन्द्र बन
जुम्लाको लागि साँच्चिकै अब
बिश्वासिलो त्यो विकास बन ।
आम जनताको आशा बन
सबै विचारको संगम् बन
दूरी र खाडल हटाएर
सहकार्य गर्दै एक बन ।
सुशासनको साँच्चै पाठ बन
नअलग्गिने सँधै आठ बन
आम जनताको आशा बन
कैल्यै पनि निरासा नबन ।
कृषि क्षेत्रमा जल सिँचाइ
अनि बिजुली उत्पादन गर्देउ
जुम्लामा के मात्रै छैन हेर
पर्यटनको केन्द्र बनाई देउ ।
















