सोमबार, २ चैत्र, २०८२

कविता: नेपाली अबला चेली

यहाँ गिध्द र स्यालको
बिगबिगी भएको यो देशमा
लुच्छ्दैछन् नरभक्षीहरू कलीला
मुनालाई राक्षसको भेषमा

सिङ्गो देशको अस्मिता पैतालामा
कुल्ची अन्याय गर्न जानेका
दबाए बेसरी न्यायललाई आफूले
आफैलाई महान् शक्ति मानेका

सारा देश नै कुर्लियो न्याय
देऊ भनी सडक सदनमा
किस्ले दिन्छ न्याय ती चेलीको
मरेको त्यो वदनमा

लागे पूरा देशमा ती नरनारी
न्याय देऊ भनी सरकारकहाँ
तर कसैले पनि केही सुनेनन्
याहाँ यो पापी नरकमा

देऊ सराप हे ईश्वर ! ती पापीका
आत्मा नरकमा कुहिने गरि
देऊ सराप तिमले ती पापीका
आँखाबाट रगत चुहिने गरि

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार