आईतवार, २७ पुष, २०८२

जता जान्छु त्यहाँ त्यहाँ हाँस्नलाई तिमी नै हौ
जता  पुग्छु त्यहाँ त्यहाँ रम्नलाई  तिमी नै हौ ।

दु:ख  सबै   मेटाएर   पीडा   सबै   बिर्साएर
मेरो  खाँटी  अधरमा साँच्नलाई  तिमी नै हौ ।

साँच्चै भन्छु  तिमी बिना भनिदेउ कहाँ जाउँ
दु:ख सुख पिर मर्का पोख्नलाई तिमी नै हौ ।

सागरमा  डुव्ने  हो कि  जुनलाई  टिपि दिउँ
कति धेरै  माया गर्छु जाँच्नलाई  तिमी नै हौ ।

सुनै  सुन  देखाएनि  यौटै हिरा काफि हुन्छ
लाखौँ लाख हेरेपनि दाँज्नलाई तिमी नै हौ ।

सुमधुर  हाम्रो  माया   गितार झैँ  बजिरहोस्
मेरो  प्यारो  बगैँचामा फुल्नलाई तिमी नै हो ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार