आईतवार, २७ पुष, २०८२

एउटा कविता

घामको अभ्यूदयमा
विलुप्त वादल भन्छ
शीतको उदयास्त –
होला सुनौलो वृति ?

चक्र निरन्तरता युगको
अधिनस्त
घटोत्कचको पैतलाले
माटोमा विलिन – ओहो!

अपूर्ण उत्खनन्
पूर्णत्वमा शून्य जागृत
अनेकों योद्धिक फल
शुन्यको लागि !

अनन्त मोह गृहमा –
उभिन खोज्नु छ
दृश्य हिउँ बनोस् –
हातीको मुखमा जिरा !

सम्प्रभुता ! उदेक लागेर
किनारै किनारको यात्रा
अहंकारको भिम‌काय चचट्टान
प्रथना सभाको मौन।

सून्य – शून्यको यात्रा
खोजको गर्भबाट
शुन्य निस्कन्छ
नाम रहन्छ – मौनता ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार