त्यही एक साथ दिने अशल साथी सास छ
बेला बेला म छु भन्छे त्यही भएर आश छ ।
छोडेर गै निर्गुनीले भुलेर गै बैगुनीले
भुल्न खोज्दा नभुलिने त्यही एउटा पास छ ।
घरी घरी सपनीमा आईरन्छे सम्झाउन
अर्कोजुनी भेटिन्छेकि मनमा त्यही खास छ ।
वल्लोडाली पल्लोडाली बशन्तको हरियाली
हुने खाने मात्र हेर्ने जमात अनि मास छ ।
राम्रै हुन्छ भन्दै थिए भाग्य हेर्ने ज्योतिषीले
कति खानु पिडै पिडा आँशुभलको गास छ ।
फिका लाग्छ किनकिन जुनपनि आजभोली
के को गर्नु दुसमनी उसकै मुनी बास छ ।
नरेन्द्र देवकोटा “प्रशान्त”२०८२/९/१९ प्युठान














