जात व्यवस्थाको मुद्दालाई आजको युवा पुस्ताले सबल र सशक्त ढङ्गले स्थापित गर्ने उद्देश्यले निमार्ण गरिएको दलित जेन्जि अलाईन्स जुम्ला जिल्लाको संयोजकमा पारश सुनार चयन भएका छन्।
अन्तर्राष्ट्रिय तथा राष्ट्रिय रूपमा संङ्गठन निर्माण गरिसकेको अभियानमा रहेको यो संगठन मूलतः स्वतन्त्र संगठन रहने छ। यो संगठनले जात व्यवस्था विरोधी युवाहरुलाई जोडेर जात व्यवस्था विरुद्धमा सशक्त आवाज उठाइने लक्ष्य लिइएको दलित जेन्जि अलाईन्सका अगुवाहरुले बताएका छन्।
जुम्लाको संयोजकमा चयन भएका पारश सुनार सामाजिक कार्यमा सक्रिय युवा हुन् उनी जिल्ला मानवाधिकार रक्षक युवा सञ्जालका अध्यक्ष समेत भएर काम गरिरहेका छन्।
संयोजक पद तोकिएपछि सुनारले जिल्लामा देखिएका समस्याहरु विरुद्ध गहन रुपमा आवाज उठाउने प्रतिबद्धता जनाएका छन्।














