मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान २०८२ को जुम्लाका माधव चौलागाईं पनि पुरस्कृत गरेको छ।
मानव अधिकार तथा शान्ति समाजले २०८२ को स्रष्टा सम्मान पुरस्कार सात प्रदेशका नौ भाषाका १४ जना स्रष्टालाई प्रदान गरेको हो।
कर्णालीको उत्थानमा क्रियाशील व्यक्तिको रुपमा चयन गरेर जुम्लाका माधव चौलागाईंलाई मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान वर्ष २०८२ को रुपमा पुरस्कृत गरेको छ।
शान्ति,मानवाधिकार,समानता र अहिंसाको क्षेत्रमा काम गरिरहेको संस्थाले वनस्पतिशास्त्री वैज्ञानिक स्रष्टा डा. तिर्थबहादुर श्रेष्ठलाई मानबहादुर रावल वातावरण स्रष्टा सम्मान, जनकवि एवं नेपाल भाषाका अग्रणी स्रष्टा दुर्गालाल श्रेष्ठलाई, कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, झर्रोवादी आन्दोलनका हस्ती प्रा.चूडामणी रेग्मीलाई पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान, भोजपुरी भाषाका अग्रणी स्रष्टा डा. गोपाल ठाकुरलाई महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान, संस्कृत वाङ्गमयका अग्रणी स्रष्टा प्रा.डा.गुरुप्रसाद सुवेदीलाई चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान, लक्ष्मी मालीलाई राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान र अग्रणी कथाकार भागिरथी श्रेष्ठलाई ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान पुरस्कार प्रदान गरेको हो।
त्यस्तै मगर भाषाका अग्रणी स्रष्टा रामबहादुर थापा मगरलाई भूमिप्रसाद बराल स्रष्टा सौगात, मैथिली भाषाकी अग्रणी स्रष्टा करुणा झालाई श्रीनारायण दाहाल स्रष्टा सौगात, किराँती–रोदुङ मातृभाषि अग्रणी स्रष्टा बाग्देवी यालुङ्छा राईलाई जोगमाया बराल स्रष्टा सौगात, सामाजिक न्यायका लागि अभियानरत स्रष्टा पञ्चकुमारी परियारलाई श्रीप्रसाद दाहाल स्रष्टा सौगात, थारु भाषाकी अग्रणी महिला स्रष्टा शर्मिला कुमारी चौधरीलाई पद्यप्रसाद दाहाल स्रष्टा सौगात, कर्णालीको उत्थानका लागि सक्रिय स्रष्टा माधव चौलागाईलाई राधादेवी दाहाल स्रष्टा सौगात, तमु साहित्यको प्रवद्र्धनका लागि क्रियाशील स्रष्टा गौरी तमुलाई जनककुमारी रेग्मी स्रष्टा सौगात पुरस्कार प्रदान गरेको छ।















