मंगलवार, १९ फाल्गुन, २०८२

दैलेखको आठबीसमा निःशुल्क मतदाता नामावली दर्ता फारम कार्यक्रम

दैलेख जिल्लाको आठबीस नगरपालिका–४, राकम कर्णालीमा “निःशुल्क मतदाता नामावली दर्ता फारम” कार्यक्रम आजबाट औपचारिक रूपमा सुरु गरिएको छ।

उक्त कार्यक्रम आबद्ध स्थानीय मतदाता दर्ता युवा समूहको आयोजनामा तथा वडा नं. ४ वडा कार्यालय र स्थानीय युवाहरूको समन्वय तथा सहयोगमा प्रारम्भ गरिएको हो।

कार्यक्रम अन्तर्गत उमेर पुगेका नागरिकहरूले निःशुल्क रूपमा आफ्नो मतदाता नामावली फारम दर्ता गरी जिल्ला निर्वाचन कार्यालयमा पहिचान तथा प्रमाणीकरणका लागि समन्वय र आवश्यक प्रक्रिया अघि बढाउने व्यवस्था गरिएको छ।

कार्यक्रमका एक युवा प्रतिनिधि निरजकुमार माझीका अनुसार,“यस अभियानको उद्देश्य हरेक योग्य नागरिकलाई आफ्नो मताधिकार सुनिश्चित गर्न सहयोग पुर्‍याउनु हो।”

उक्त कार्यक्रमका क्रममा वडा अध्यक्ष श्री टेकबहादुर माझीले सक्रिय रूपमा सहभागी रहेका युवाहरूको प्रशंसा गर्दै भने “युवाहरूले यो सराहनीय कार्य गरेर नागरिक सचेतना र सहभागिताको राम्रो उदाहरण प्रस्तुत गरेका छन्। वडा कार्यालय सधैं यस्ता सकारात्मक गतिविधिहरूमा साथ रहन्छ।”

आयोजक समूहले सबै नागरिकहरूलाई समयमै नाम दर्ता गराई आफ्नो मताधिकार सुरक्षित गर्न आग्रह गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल