जनताको अधिकार र लोकतान्त्रिक उपलब्धिहरूको रक्षा गर्न नेकपा (एमाले) द्वारा आयोजना गरिएको पालिका स्तरीय जनप्रदर्शन कार्यक्रम आज आठबीस नगरपालिका, राकम कर्णालीमा भव्य रूपमा सम्पन्न भयो।
कार्यक्रमको सुरुवात विशाल र्यालीका साथ गरिएको थियो, जसमा एमालेका नेता, कार्यकर्ता, युवा तथा सर्वसाधारण नागरिकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। र्यालीपछि कार्यक्रम कोणसभामा परिणत भएको थियो।
कोणसभामा नेकपा (एमाले) का केन्द्रीय सदस्य राजबहादुर बुढा र राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य विजय विक्रम सिजापतीले सम्बोधन गर्दै वर्तमान राजनीतिक अवस्थाले जनताको अधिकार र लोकतान्त्रिक उपलब्धिमाथि चुनौती पेश गरिरहेको बताए। उहाँहरूले त्यसविरुद्ध जनतालाई एकजुट हुन आह्वान गर्नुभयो।
कार्यक्रमको सभापतित्व नेकपा (एमाले) आठबीस नगर कमिटीका अध्यक्ष अमर माझीले गर्नुभयो र सञ्चालन पनि उहाँले नै गर्नुभयो। कार्यक्रममा वडा कमिटी, जनसङ्गठनका प्रतिनिधि तथा स्थानीय युवाहरूको उल्लेखनीय उपस्थिति थियो।
सभाको अन्त्यमा एमालेले जनताको अधिकार, सुशासन, विकास र स्थिरताको पक्षमा निरन्तर जनदबाब सिर्जना गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।















