शुक्रबार, २१ कार्तिक, २०८२

प्रशासनका कर्मचारी रामकृष्ण पाण्डेलाई अभद्र व्यवहारको आरोप: कार्यकक्षमा धम्की आएको पाण्डेको भनाइ

जिल्ला प्रशासन कार्यालय जुम्लाको मुद्दा फाँटमा कार्यरत कर्मचारी रामकृष्ण पाण्डेलाई पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण चौलागाईंले अभद्र व्यवहार भएको आरोप लगाएका छन्।

अभद्र व्यवहार मुद्दाबारे बुझ्‌न गएको बेला कर्मचारी पाण्डेले दिएको अभिव्यक्तिले अभद्र व्यवहार भएको भन्दै पत्रकार महासंघ जुम्लाद्वारा विज्ञप्ति प्रकाशन गरि खेद प्रकट गरिएको छ।

यता प्रशासनका कर्मचारी पाण्डेले आफूमाथि भ्रामक आरोप लगाइ चरित्र हत्या गर्ने प्रयास भएको बताएका छन्।

उनले कुटीरो डटकमसँगको कुराकानीमा भने, “पत्रकार महासंघका अध्यक्ष बाहेक पाँच छ जना मेरो कार्यकक्षमा आएर डरधम्की सहित बाहिर भेटाए कुटपिट समेत गर्ने धम्की दिनु भयो। ममाथि लागेको आरोपको खण्डन गर्न तयार छु।”

उनले थपे आफूमाथि लागेका आरोप सत्य भए कानूनी कारबाही भोग्न तयार रहेको र अनावश्यक आफ्नो चरित्रहत्या विरुद्ध कानुनी उपचार खोज्न आफू तयार रहेको समेत जानकारी दिएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार