तातोपानी ४ को हाँकु रंगशाला असोज १९ गतेबाट सुरु खुला पुरुष फुटबल प्रतियोगिता आज सम्पन्न भएको छ।
आज भएको फाइनल खेलमा जुम्ला फुटबल क्लब (एफसी)ले उपाधि हात पारेको हो। उक्त खेलमा एच वान युवा क्लब हाँकु (एचवान) र जुम्ला फुटबल क्लब (एफसी) बीच भएको खेलमा जुम्ला फुटबल क्लबले उपाधि जितेको छ।
तातोपानी ४ को गिडिदह युवा क्लबले दशै तिहारलाई मध्यनजर गर्दै गरेको पुरुष फुटबल प्रतियोगितामा जिल्लाका ३३ क्लबहरुले भाग लिएका थिए।
फाइनल खेलमा जुम्ला फुटबल क्लबले २ गर्दै उपाधि हातमा पार्दै विजेता बन्यो भने एचवान युवा क्लब हाँकुले १ गोल गर्दै उपविजेता बनेको हो।
प्रतियोगितामा प्रथम हुने जुम्ला फुटबल क्लबले रु. १ लाख १ हजार १ सय ११ रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले रु. ५१ हजार रुपैयाँ पुरस्कारसहित, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो ।
हाँकु खेल मैदानमा भएको पहिलोपटक जिल्ला स्तरीय पुरुष फुटबल प्रतियोगिता सहभागी सबै टिमलाई धन्यवाद व्यक्त आयोजक गिडिदह युवा क्लबले बताएको छ।















