जुम्लाका संयुक्त इसाई जवान सम्मेलन हुने भएको छ। “इसाई समुदायका जवानहरुलाई आत्मिक रूपमा अगाडि बढ्न र बाइबलीय सिद्धान्त अनुसार जीवन जिउनको लागि यो जवान सम्मेलन गर्न लागेको” संयुक्त जवान समितिका अध्यक्ष रनवीर नेपालीले बताए ।
अध्यक्ष नेपालीका अनुसार वक्ताहरु स्थानीय स्तरबाट नै हुन्छन् विगत ४ वर्ष देखि संयुक्त जवान संगति जुम्लाको आयोजनामा निरन्तर रुपमा सञ्चालन हुदै आएको थियो । जवान समारोहले जुम्ला जिल्लाका जवानहरूलाई आत्मिकी क्षेत्रमा अगाडि बढ्न ठूलो टेवा पुयाएको छ ।
जुम्ला जिल्लाका सम्पूर्ण जवानहरुलाई समेट्ने गरी पाँचौं जवान समारोह तथा प्रभु यशुको राज्य विस्तारको महान कार्यमा विशिष्ट योगदान दिन सकून् भन्ने उद्देश्यले यो सम्मेलन गरेको उनले जानकारी दिए।
सम्मेलन कार्तिक ३ गते देखि ५ गतेसम्म पातारासी गाउँपालिकाको वडा २ नम्बर तल्फीको उद्दार निस्सी ए जि चर्चमा सम्मेलन हुने भएको छ।
यो सम्मेलनमा अन्तर पालिका हाजिर जवाफ प्रतियोगिता पनि हुने भएको छ। उक्त प्रतियोगितामा प्रश्नहरु भने बाइबल बाट ७५ प्रतिशत प्रश्न तथा समसामयिक विषयबस्तु बाट २५ प्रतिशत प्रश्नहरु समावेश हुनेछन्।















