जुम्लाको गुठिचौर गाउँपालिका–३ गज्याङकोटतर्फ जाँदै गरेको गाडीले वर्ष ६ का मुकेश बुढालाई ठक्कर दिएको छ। ठक्कर दिने चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन बाबु रेग्मीले जानकारी दिए।
उनका अनुसार, घटना भएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको र चालकको खोजी कार्य भइरहेको छ। ठक्करबाट गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














