मंगलवार, १३ माघ, २०८२

उद्योग वाणिज्य संघ जुम्लाको अध्यक्षमा दिल बहादुर रोकाया सर्वसम्मत

उद्योग वाणिज्य संघ जुम्लाको अध्यक्षमा व्यवसायी दिल बहादुर रोकाया सर्वसम्मत निर्वाचित भएका छन्। शनिबार सम्पन्न चुनावी साधारण सभाबाट रोकाया सहित १६ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध भएका हुन।

निर्वाचन समितिका अनुसार वाणिज्य तर्फ उपाध्यक्षमा डम्बर कुमारी खड्का, उद्योग तर्फ बालकृष्ण बुढा र महिला उपाध्यक्षमा सुनिता श्रेष्ठ निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा देवेन्द्रराज उपाध्याय, कोषाध्यक्षमा अनुपमा रोकाया चयन भएका छन्।

खुला सदस्यतर्फ मन्न थापा, मेगराज देवकोटा, टेकेन्द्र प्रसाद नगरकोटि, भगवती थापा र राष्टु कठायत निर्वाचित भए। महिला सदस्यमा रम्वा भन्डारी, जनजाती सदस्यमा नन्द बहादुर गुरुङ, दलित सदस्यमा हरि बहादुर सार्की, एसोसिएट सदस्यमा रवि मनिहार र वस्तुगत सदस्यमा ज्ञान बहादुर विक निर्वाचित भएका छन्।

त्यसैगरी लेखा समिति संयोजकमा जीवन कठायत, सदस्यमा कृष्ण चौलागाई र अटल शाही निर्वाचित भए। निर्वाचित पदाधिकारीलाई सोमबार शपथ ग्रहण गराइने निर्वाचन अधिकृत दिल बहादुर महतले जानकारी दिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार