जुम्लाको हिमा गाउँपालिकामा भालुको आक्रमणमा परि दुईजना घाइते भएका छन्। घाइते हुनेमा ३० वर्षीय हरिचन्द्र रोकाया र ३५ वर्षीया गणेश रोकाया छन् । उनीहरु मध्य एकजना गम्भीर घाइते भएका छन्।
हिमा गाउँपालिका ५ बाझगाडको भित्र वन भन्ने ठाउँमा गाईबस्तु चराउने क्रममा भालुको आक्रमणबाट दुई जना घाइते भएका हुन्।अहिले उनीहरुको उपचार कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लामा भइरहेको स्थानीय दलवीर रोकायाले जानकारी दिए।














