सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चुस्थित इलाका प्रहरी कार्यालय परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आज समुद्घाटन गरिएको छ।
दिउँसो २ बजे आयोजित कार्यक्रममा नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक (आइजीपी) दिपक थापाले भवनको उद्घाटन गरे।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय, पूर्व अतिरिक्त महानिरीक्षक लालमणी आचार्य, प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव महानिरीक्षक माधव प्रसाद श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधिर राज शाहीलगायत सुरक्षानिकायका प्रमुख, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।
सो अवसरमा UNOPS संस्था कर्णाली प्रदेश संयोजक श्रृजना कार्की, भेरीगंगा नगरपालिकाका प्रमुख–उपप्रमुख, पत्रकारलगायत करिब १५० जना सहभागी थिए।
नवनिर्मित भवन सञ्चालनमा आएसँगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी सेवा–सुविधा अझ सहज र प्रभावकारी हुने अपेक्षा गरिएको आयोजकले बताएका छन्।