सोमबार, ९ भाद्र, २०८२

“निकै बाधा–अवरोधपछि प्रतिष्ठानको नेतृत्व गर्ने अवसर पाएँ,” नवनियुक्त उपकुलपति रोकाया

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. पुजन कुमार रोकायालाई नेपाल पत्रकार महासंघ जुम्ला शाखाले आज एक कार्यक्रमका बीच स्वागत तथा बधाई गरेको छ।

संघको सभाहलमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष पूर्णप्रसाद चौलागाईंले “कर्णालीकै सुपूत्रले कर्णालीको गौरवशाली धरोहर प्रतिष्ठानको नेतृत्व पाउनु गौरवको कुरा हो” भन्दै शुभकामना व्यक्त गरे।

कार्यक्रममा बोल्दै उपकुलपति रोकायाले भने, “प्रतिष्ठानमा अघि बढ्न सहज छैन, कतै प्रतिष्ठान छायाँमा पर्ने त होइन भन्ने डर पनि छ । तर म केही नयाँ कार्य गर्ने सोचका साथ आएको हुँ।”

उनले थपे, “प्रतिष्ठानमा कार्यरत रहँदा यहाँका थुप्रै कठिनाइहरू अनुभूव गरेको छु। म कर्णालीको छोरा हुँ, यही माटोकै सन्तान हुँ। यहाँसम्म पुग्न धेरै बाधा–अवरोध झेल्नु परेको छ र आज यो अवसर पाएको छु।”

आफ्नो कार्यकालमा बिरामीहरूलाई सकेसम्म बाहिर रिफर गर्न नपरोस् भन्ने उद्देश्यले काम गर्ने उनले बताए। त्यस्तै प्रतिष्ठानमा सञ्चालनमा रहेका शैक्षिक कार्यक्रमको थप व्यवस्थित व्यवस्थापन गर्ने योजना रहेको उल्लेख गरे।

रोकायाले कर्णाली क्षेत्रमा पाइने जडिबुटीलाई चिकित्सा विज्ञानमा कसरी उपयोग गर्न सकिन्छ भन्नेबारे अनुसन्धान अघि बढाइने समेत बताए।

अन्त्यमा उनले आम जिल्लाबासीको साथ, समर्थन र सहकार्यका आधारमा केही परिवर्तनकारी काम गर्न सकिने विश्वास व्यक्त गरे।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार