शुक्रबार, २२ फाल्गुन, २०८२

भालुको आक्रमणबाट धिमीचौरमा दश बाख्रा मरे

धिमीचौरमा चराएर गोठमा ल्याउने क्रममा भालुले लखेटेर तितरबितर भएर खोज्न जादा जंगलमा भालुले मारेको अवस्थामा दशवटा बाख्रा भेटिएका छन् ।

दुई दिन लगातार भालुले बाख्रामाथि आक्रमण गरेपछि बाख्रा मारिएका हुन्। चन्दननाथ नगरपालिका २ र ३ वडाका ६ जना स्थानीयका बाख्राहरु भालुको आक्रमणबाट मारिएका छन्।

“उक्त मारिएका सबै बाख्राको क्षति हेर्ने हो भने करिब एक लाख ५० हजार बराबरको क्षति भएको”स्थानीय राजेन्द्र बुड्थापाले कुटीरो डटकमलाई जानकारी दिए।

उनका अनुसार स्थानीय लाल बहादुर बुड्थापा,
बखत बुड्थापा,हस्तना बुड्थापा,लोक रोकाया,लिलु रोकाया,लगायत स्थानीयका बाख्रामाथि आक्रमण भएर बाख्रा मारिएको बताए।

कृषि र पशुपालनबाट थोरै आम्दानी हुने र सोहीबाट घरधन्दा चलिरहेको स्थानीयको यो क्षति हुँदा सम्बन्धित निकायलाई केही राहतको माग रहेको स्थानीय राजेन्द्र बुड्थापाले बताएका छन्।

भालु आतंक जुम्लामा यो केही वर्षको अन्तरालमा पुनः देखिएको हो। भने पशुपालक किसानहरु यो घटनाबाट त्रसित भएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार