शुक्रबार, २२ फाल्गुन, २०८२

जुम्लाको न्याउरीघाटमा पहिरो, सडक पूर्णरुपमा अवरुद्ध

जुम्लाको उर्थु–भुलभुले भित्रि सडक खण्ड अन्तर्गत कनकासुन्दरी गाउँपालिका–१, न्याउरीघाटमा बिहीबार बिहान पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी चौकी चौथाले दिएको जानकारी अनुसार बिहीबार बिहान करिब १०:४० बजे सडक भन्दा माथिबाट आएको ठूलो पहिरोले सडक आवागमन अवरुद्ध गरेको हो।

अहिले पहिरो पन्छाउने कार्य सुरु गरिएको छ भने वैकल्पिक मार्ग नभएकाले यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

स्थानीयका अनुसार लगातारको वर्षाका कारण पहिरोको जोखिम अझै कायम छ। सुरक्षा निकायले यात्रुहरूलाई आवश्यक नपर्ने गरी उक्त मार्ग प्रयोग नगर्न आग्रह गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार