आईतवार, १ चैत्र, २०८२

ट्राफिक प्रहरी,प्रहरी र सडक डिभिजनको सक्रियतामा अवरुद्ध बाटो खुल्यो

कर्णाली राजमार्ग अन्तर्गत पर्ने जुम्ला खण्डको तातोपानी १ राँका स्थित सुख्खा पहिरोले बिहान देखि अवरुद्ध भएको बाटो अहिले खुलेको छ ।

ट्राफिक प्रहरी,प्रहरी र सडक डिभिजन कार्यालय जुम्लाको सक्रियतामा बिहानदेखि अहिलेसम्म भएको अवरुद्ध बाटो अहिले खुलेको हो । जिल्ला ट्राफिक कार्यालयका अनुसार बाटोमा निकै ढुङ्गाहरु खसेकोले तत्काल पन्छाउन अप्ठ्यारो भएको थियो भने सडक डिभिजनको मेसिनले दिनभरिको प्रयासमा अहिले पाँच बजे मात्र बाटो पन्छाउन सफल भएको हो ।

“उक्त खण्डमा यात्रुहरु बिहानदेखि सास्ती भोग्न बाध्य भएका थिए भने बिरामीहरुलाई निकै असहज समेत भएको थियो । केही यात्रुहरूलाई ट्राफिक प्रहरी अजयकुमार विकले उद्दार गरेको”जिल्ला ट्राफिक कार्यालयका प्रमुख टोपबहादुर महतराले बताए।

अहिले तत्कालको लागि भने अवरुद्ध राँका नजिकको बाटो अब आवातजावत लागि सहज भएको सडक डिभिजनले बताएको छ ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार