बुधबार, २ पुष, २०८२

जुम्लाबाट सुर्खेत जाँदै गरेको फोर्स गाडी दुर्घटना, सात जना घाइते

जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा १ झ ०९७६ नम्बरको फोर्स गाडी शुक्रबार बिहान कालिकोटको खाँडाचक्र–१०, गोलुवा नजिकै दुर्घटना भएको छ।

दुर्घटनाबाट सात जना यात्रु घाइते भएका छन्। गाडी अनियन्त्रित भई करिब १०० मिटर तल खसेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीका अनुसार पाँचजना गम्भीर र दुईजना सामान्य घाइते भएका छन्।

घटनाबारे सूचना पाउनेबित्तिकै कालिकोटस्थित प्रहरी टोली घटनास्थलतर्फ पठाइएको छ।

घाइतेहरूको विस्तृत विवरण अझै आउन बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न बाँकी छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार