जिल्ला प्रशासन कार्यालय,चन्दननाथ नगरपालिका र कर्मचारी मिलन केन्द्र जुम्लाकाे अगुवाईमा जुम्लामा बृहत् सदरमुकाम सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
आज बिहान ७ बजे जुम्ला सदरमुकाम टुडिखेलमा जनप्रतिनिधि, कर्मचाारी, सुरक्षा निकाय, स्थानीय, नागरिक समाज, पत्रकार, युवा, विद्यार्थी सहित सराेकारवाला र स्थानीय सम्पुर्ण उपस्थित भई सरसफाइ टुडिखेलबाट सुरु गरिएको थियो ।

टुडिखेलबाट सुरु भएको सरसफाइ कार्यक्रम सदरमुकामको मुख्य बजार क्षेत्र कृष्ण मन्दिर,चन्दननाथ मन्दिर छेउछाउमा सरसफाइ गरिएको छ भने बजारमा बीचमा बग्ने जुगाड खोलामा पनि सरसफाइ गरिएको छ । नेपाली सेना,प्रहरी,सशस्त्र प्रहरी,राष्ट्र सेवक कर्मचारी,पत्रकार,विद्यार्थी ,र विभिन्न संघ संस्थाको व्यापक सहभागीतामा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।

“सदरमुकामलाई स्वच्छ सदरमुकाम राख्ने उदेश्यले यो अभियान थालिएको”प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताए । उनले केही दिन सबै सरकारी गैरसरकारी निकायहरुलाई उक्त कार्यक्रम उपस्थित हुन आव्हान समेत गरेका थिए ।

त्यस्तै सामाजिक विकास कार्यालयका प्रमुख टोपबहादुर बुढाले “स्वच्छ जुम्ला स्वच्छ खलंगा राख्नुपर्ने र त्यसको निम्ति हामी सबैले चासो चिन्तन राख्नुपर्ने”बताए

विशेषगरी अब केही दिनमा जिल्लामा जात्रा समेत सुरु हुँदैछ त्यो समयमा व्यापक फोहोर हुने भएकोले अहिले भएको फोहोरलाई व्यवस्थित गर्न लागिएको सरसफाइ अगुवाईहरु बताउछन् ।
















