मंगलवार, १३ माघ, २०८२

उत्तराखण्डको बाढीमा जाजरकोट १२ र जुम्लाका १ जना बेपत्ता

केहीदिनअघि भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा आएको भीषण बाढीमा परेर जाजरकोटको कुशे गाउँपालिकाका वडा २ का १३ जना नागरिकहरु बेपत्ता भएका छन् ।

बेपत्ता भनिएका १३ जना मध्ये ७ सातजनाको मृत्यु भैसकेको र मृत्यु हुनेमा कुशे २ का ६ जना नागरिक र एकजना जुम्लाका नागरिक रहेको अनुमान गरिएको छ । मृतक बेपत्ता भनिएकाहरुको अवस्था हालसम्म अज्ञात रहेको बताइएको छ । उनीहरुका आफन्तले कुशे गाउँपालिकाका अध्यक्षलाई बताएका हुन ।

कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले “सामाजिक सञ्जालबाटै उनीहरुका आफन्तबाट सो जानकारी पाएको” बताएका छन् भने भारतमा अलपत्र परेका आफ्ना पालिकाको नागरिकको उद्दार र मृतकको लाश ल्याउन निरन्तर आफू खटिएरहेको बताएका छन् ।

कुशे दुईका नागरिकहरु असारमा धान रोपेपछि भारतमा रोजगारी सिलसिलामा जाने प्रचलन अनुरुप गएका अध्यक्षको भनाइ छ ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार