अहिले तातोपानी गाउँपालिका -६ हियाखोला गाउँतिर हिँड्दा जमिन जस्तै अनुहार पनि हरिया लाग्छन्। बाँझो जमिन फेरि हरियालीमा फर्कन थाले पछि गाउँमा खुसीयाली छाएको हो
यसरी गाउँमा खुसीयाली छाउनुको पछाडि यो कुनै चमत्कार नभएर लिफ्ट सिँचाइ योजनाले पुनर्जीवन पाउनु हो।
२०७८/०७९ मा संघीय सरकारले एक करोड लगानीमा सुरु भएको आयोजना उपभोक्ताले पूरा काम गर्न नसकेपछि ८८ लाख भुक्तानी भएको थियोे।
आयोजना २०७९ असोजमा आएको बाढीले सिँचाइ आयोजना भत्काएको थियो। त्यसपछि गाउँमा पानी नपुगेपछि सिचाइ गर्न समस्या थियोे। तर अहिले फेरि पानी आएपछि किसानहरु उत्साहित भएका छन्।
पछि ०७९ मा आएको बाढीले क्षति पुराएर बन्द भएको आयोजना पछिल्लो वर्ष पालिकाले विविध कारणले लगानी गर्न नसकेको थिएन। तर अहिले पालिकाले बन्द भएको आयोजनालाई पालिकाले पूर्णता दिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द चौलागाईंले बताए।
“हाम्रो उर्वर जमिन सिँचाइ बिना बाँझो रहनु दु:खद थियोे। अब सिचाइको समस्या टरेको छ। हामी यसको दिगो व्यवस्थापनमा लागिपरेका छौं,” उनले भने।
तिला नदीबाट झण्डै दुई किलोमिटर उचाइमा रहेको हियाखोलासम्म पानी पुर्याउन १७९५ मिटर जिआई पाइप र २५० मिटर एचडीपिई पाइप बिछ्याइएको छतातोपानी गाउँपालिकाका इन्जिनियर डिल्ली बुढाले बताए।
उनका अनुसार २० एचपीको पम्पले लिउसो सौर्य उर्जा र राती विद्युतबाट २५० मिटर पार गर्दै पानी तानिरहेको छ। यसले करिब १४.४ हेक्टर धानखेती र १६.६२ हेक्टर स्याउखेतीयोग्य जमिनमा सिँचाइको सुविधा पुर्याएको छ।
“अब हियाखोलामा सिँचाइको चिन्ता छैन,” इन्जिनियर बुढाले भने, “त्यहाँका किसानहरूलाई साह्रै सहज हुनेछ।”
लिफ्ट सिँचाइ योजना संघीय सरकारको ८८ लाख ३३ हजार रुपैयाँ लगानीमा बनेको यो योजना बाढीले क्षतिग्रस्त बनाएपछि थप निराशा थपिएको थियो।
तर, गाउँपालिकाको निरन्तर प्रयास स्थानीयको निरन्तर आवाज र पालिकाको प्राथमिकताले आयोजना फेरि संचालनमा आएको तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलले बताइन्।
तातोपानी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मिलन बुढाथापा, आयोजना सुरु भएको समयको निराशा र आज काम सम्पन्न हुँदाको सुखी अविस्मरणीय रहेको बताउँछन्।
उनले भने, “हियाखोला उचाइमा परेकाले लिफ्ट सिँचाइ नै एक मात्र उपाय थियो। संघीय सरकार र स्थानीय प्रयासले सम्भव बनायौं।”
हियाखोला लिफ्ट सिँचाइ आयोजनाको पुनर्जीवन तातोपानी गाउँपालिकाको एक उदाहरणी विकास निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतले बताए।
“स्थानीय सरकार, प्राविधिक र समुदायको समन्वयले हियाखोलाको सिचाइ अभावलाई पूर्ति गर्नेमा विश्वस्त छु,” उनले भने, “प्रशस्त खेती योग्य जमिन भएको त्यहाँका किसानलाई धेरै राहत भएको छ।”
