हुम्लाको नाम्खा गाउँपालिका-६ को तिल गाउँमा करिब साढे दुई महिनापछि अर्को पहिरो गएको छ।
सोमबार राति गएको लेदोसहितको पहिरो तिलागाउँको अर्को स्थानमा गएको स्थानीयले बताएका छन्।
गाउँको पश्चिम दक्षिणतर्फ लेदोसहित आएको ठूलो पहिरोले हिल्सातर्फ जाने काठेपुल बगाएको वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए।
लेदोसहितको पहिरो गाउँको उत्तर–पश्चिम तर्फबाट बग्ने स्योगान खोलाबाट आएको वडाध्यक्ष तामाङले बताए। स्योगान खोलाको माथिल्लो तटीय क्षेत्रमा हिमतालहरू समेत रहेका छन्।
गत १ जेठमा तिल्जुङ खोलाको माथिल्लो जलाधारमा दुई वटा हिमतालको पानी चुहिएर पहिरो गएको थियो।
यसैबीच हल्जी गाउँमा पनि पहिरो गएको छ। हल्जी गाउँमाथि पनि ठूलो हिमताल रहेको छ।
















