सोमबार, २४ कार्तिक, २०८२

एनआरएन रसियाको सचिवमा खगेन्द्र धामी निर्वाचित

गैरआवासीय नेपाली संघ (NRNA) रसियाको हालै सम्पन्न निर्वाचनबाट अछाम जिल्ला, पञ्चदेवल विनायक नगरपालिका निवासी खगेन्द्र धामी कार्यसमिति सचिव पदमा निर्वाचित भएका छन्।

धामीले निर्वाचन पश्चात् आफूलाई सचिवको जिम्मेवारी सुम्पिनु भएकोमा सम्पूर्ण मतदाता, समर्थक तथा सहयोगीप्रति आभार व्यक्त गरेका छन्। “म प्राप्त जिम्मेवारीलाई गर्वका साथ ग्रहण गर्दै एकता, समर्पण र साझा लक्ष्यप्रति प्रतिबद्ध भएर कार्य गर्नेछु,” धामीले बताएका छन्।

हामी सँगै अगाडि बढ्नेछौं युवा नेतृत्व, नयाँ सोच र उज्यालो भोलिका लागि” भन्ने मूल नारासहित धामीले NRNA रसियामा नवीन ऊर्जा र नेतृत्व शैली ल्याउने दृढता व्यक्त गरेका छन्।

उनको नेतृत्वमा संस्थाभित्र युवा सहभागिता, नयापन, र समृद्ध नेपालको अभियान थप सशक्त रूपमा अगाडि बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार