बिहीबार, १४ फाल्गुन, २०८२

सुर्खेतमा रोजगारीको प्रलोभन देखाएर करोडौं ठगी गर्ने ८ जनाविरुद्ध उजुरी

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३, मुलपानी चोकमा रहेको स्काई ड्रिम इन्टरप्रेनर्स प्रा.लि. र त्यसमार्फत सञ्चालित ग्लोबल ओरियन्स नेपाल प्रा.लि.**ले “रोजगारी, सिप सिकाइ र आकर्षक आम्दानी” को नाममा देशभरिका बेरोजगार युवायुवतीलाई ठगी गरेको घटना सार्वजनिक भएको छ।

पीडितहरूको उजुरीअनुसार, कम्पनीले वार्षिक रु. २०,००० लिने शर्तमा खाना, बास र कोठा सुविधा दिने भन्दै युवाहरुलाई सुर्खेतमा राख्थ्यो। त्यसपछि नेटवर्किङ मार्केटिङ प्रणालीमा नयाँ सदस्यहरू भित्र्याउन लगाई प्रति सदस्य रु. ५०,००० देखि २ लाख ६० हजार रुपैयाँसम्म उठाउने कार्य हुँदै आएको थियो।

जाहेरीकर्ताहरूका अनुसार कम्पनीले विश्वासमा पारेर करोडौं रुपैयाँ ठगी गरेको आरोप लागेको छ। उक्त कार्यमा संलग्न भनिएका ८ जना नरेश बोहोरा,
कृष्ण धामी,कमल शाही,रविन्द्र शाही,मनिषा सिंह,निर्मला धामी,सुनिता साउद,कमला चिमाला पीडितहरूले सो घटनालाई सुनियोजित आर्थिक शोषण र ठगी भएको दाबी गर्दै संलग्न सबै व्यक्तिलाई कानुनी दायरामा ल्याई हदैसम्मको कारबाही गर्नुपर्ने माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसार घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ भने आरोप प्रमाणित भएमा उनीहरूविरुद्ध ठगी, आपराधिक लाभ कानुनअनुसार मुद्दा अघि बढाइने बताएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार