जुम्लाको तातोपानी गाउँपालिका–८, राक्सेस्थित पाटनमा आज मिति २०८२/०३/१६ मा दिउँसो ३ बजे आएको बाढी र पहिरोले भेडा बगाएको छ।
वर्षातका कारण आएको बाढीले स्थानीय सर्प राज रावलसहित ८/९ जनाको भेडा चरिरहेको अवस्थामा बगाएको तातोपानी -७ का वडाध्यक्ष तिलक बहादुर रावतले जानकारी गराए।
उक्त घटनाबारे वडाध्यक्षले जिल्ला प्रहरी कार्यालय, जुम्लालाई साँझ ५ बजे टेलिफोनमार्फत खबर गरेका हुन्।
उनका अनुसार बगाएका भेडाको सङ्ख्या र अन्य क्षतिको विवरण हालसम्म एकिन भएको छैन।
घटनास्थल अस्थायी प्रहरी पोष्ट ताम्तिबाट ५/६ घण्टा पैदल दूरीमा पश्चिम र जिल्ला प्रहरी कार्यालयबाट ७५ किलोमिटर पूर्वमा पर्ने जुम्ला प्रहरीले जनाएको छ।
थप विवरण सङ्कलन गर्न भोलि २०८२/०३/१७ मा प्रहरी टोली खटिने भएको छ।